काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । जसका लागि सत्ता साझेदार दललाई मन्त्रीको हुने व्यक्तिको नाम दिउँसोसम्ममा दिन आग्रह गरेका छन् । नयाँ मन्त्रीलाई शुक्रबार नै पद तथा गोपनीयताको शपथ खुवाउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका प्रधानमन्त्री प्रचण्डले यसअघि सत्तासाझेदार दलसँग छलफल पनि गर्ने तयारी गरेका छन् ।…