Logo

Breaking News 1

कोशी प्रदेश सरकारमा गयानन्द मण्डल बने कृषि राज्यमन्त्री



विराटनगर । कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले कोशी प्रदेश सरकारको राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष मण्डलले कृषि राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाली कांग्रेसका नेता समेत रहेकाा उनलाई मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले राज्यमन्त्री नियुक्त गरेका हुन् । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १२ : १७ बजे