काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाही गर्न विभिन्न संघसंस्थाहरुले माग गरेका छन् । महिलाप्रति असंवेदनशिल अभिव्यक्ति दिएको भन्दै स्थापितलाई कारबाही गर्न माग गरिएको हो । ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत ४५ संघसंस्थाले स्थापितमाथि कारबाहीको माग गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् ।…