जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता बालेन्द्र साह (बालेन)को महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा आज(शुक्रबार)उत्सव मनाइने भएको छ । बालेनले आज प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएको र यस अवसरमा बालेनको गाउँवासीले खुसीयाली मनाउने तयारी गरेका छन् । दुई दिन पहिलादेखि नै एकडारा गाउँपालिकाका गाउँवासीहरु आजको दिनलाई भव्य उत्सवका रुपमा मनाउन जुटेका छन् ।…