काठमाडौं । सरकारले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११औँ दिनको अनशन अन्त्य भएको छ। शुक्रबार सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा अनशनरत डा. भुसाल र विष्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापछि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जुस खुवाउँदै दुवैको अनशन तोडाएकी छन्। ‘शान्ति, समृद्धि, सुशासन पहिला देश’…