काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विभिन्न पदमा हालसम्म २३ हजार ५१७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न पदमा उक्त उम्मेदवारी परेको हो । आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो । मनोनयन सोमबार बेलुकी पाँच बजेसम्म गर्न पाइनेछ । आयोगका अनुसार…