Logo

Breaking News 1

ललितपुर मेयरको टिकट कांग्रेसबाट फेरि चिरिबाबुलाई



काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पुन: चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ ।

मेयरका लागि महानगर कमिटीले महर्जनसहित उपमेयर गीता सत्याल, महानगर सभापति शुभानन धाख्वा, पूर्वसभापति राजेश महर्जन, महाधिवेशन प्रतिनिधिहरू भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

उनी ०७४ को स्थानीय चुनावबाट पनि मेयर निर्वाचित भएका थिए।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : १७ बजे