Logo

गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक अपरान्ह ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा स्थानीय तहको निर्वाचन परिणाम र सरकारले प्रस्तुत गरेको बजेटको समिक्षा गरिने बताइएको छ । पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।