काठमाडौं । निवर्तमान मन्त्री किसान श्रेष्ठले आफूलाई मन्त्री पदमा बसिरहने कुनै रहर नभएको बताएका छन् । सोमबार बिहान मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै श्रेष्ठले आफू पार्टीकै सिफारिसमा मन्त्री भएको र पार्टीकै निर्णयमा मन्त्री पदबाट बाहिरिएको स्पष्ट पारेका हुन् । उनले मन्त्री पद बचाउनका लागि कहिले बालुवाटार त कहिले खुमलटार पुगेको भन्दै समाचार आएकोप्रति खण्डन गर्दै…