Logo

Breaking News 1

युद्ध विरामका बीचमा प्यालेस्टाइनी भूमिबाट इजरायलमा रकेट प्रहार


१५ मंसिर २०८०, शुक्रबार  

69
Shares

गाजा । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो ।

उसका अनुसार अलार्म प्रणाली सक्रिय रहेको र त्यसलाइ अवरोध गरिएको जनाएको हो । युद्बबिराम कायमै रहेको बेला भएको रकेट हमला पछि इजरायलले त्यसको जानकारी दिएको हो । जसअनुसार सेनाले एउटा रकेट पत्ता लगाएको र हवाई रक्षाद्वारा रोकिएको बताएको छ ।

यसअघि, इजरायली मिडियाले देशको आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीको एक भागको रूपमा साइरन अन गरिएको रिपोर्ट गरेको थियो, जसले आगमन रकेटहरू पत्ता लगाउने गर्छ । प्यालेस्टिनी सशस्त्र समूहहरूबाट यसमा तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १० : ३२ बजे