काठमाडौं । आज बडा दसैंको सातौँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ । करालवन्दना धोरां मुक्तकेशी…