Logo

Breaking News 1

एमाले पोलिटब्युरो बैठक बस्दै



काठमाडौं । स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेको पोलिटब्युरो बैठक आज सोमबार बस्दै छ ।

बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बैठकका लागि तय भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए । पोलिटब्युरोमा ९९ जना छन् । स्थानीय तहको निर्वाचन हुन ५३ दिन बाँकी छ । एमालेले निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न बाँकी छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : २० बजे