काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई आफ्नो पार्टीले नसघाएको जानकारी दिएका छन् । मध्य पूर्वी देशको साताव्यापी भ्रमण सकेर मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रतिनिधिसभाको संसदीय समितिको सभापति लिएर कोशीमा सत्ता गठबन्धनलाई सघाएको भन्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका हुन् । कोशीमा सत्तारुढ…