काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड)की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्। युएसएडले जारी गरेको विज्ञप्तिअनुसार पावर फेब्रुअरीको पहिलो हप्तामै काठमाडौं आउन लागेकी छन्। उनी आउने आइतबार काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ। राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमणबाट सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी हुन्।…