Logo

Breaking News 1

माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्न नमिल्नेमा



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्वको मुद्वा आज पनि हेर्न नमिल्नेमा परेको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा मुद्वाको पेशी तोकिएकोमा हेर्न नमिल्नेमा परेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाइमा नबस्ने निर्णय गरेपछि मुद्वा हेर्न नमिल्नेमा परेको हो ।

यसअघि एमाले सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश दिएको भन्दै उनले त्यहीसँग सम्बन्धित मुद्दा भएकाले नबस्ने निर्णय गरेका हुन्। उनले आफूले अन्तिरम आदेश जारी गर्दा एकीकृत समाजवादीलाई वैद्यता दिएको भन्दै वैधानिकता सम्बन्धीको मुद्दामा बस्न नमिल्ने बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाई माधव कुमार नेपालसहित १४ सांसदविरुद्ध मुद्धा दायर गरेका थिए ।

अध्यक्ष ओलीले नेपालसहित १४ सांसदलाई पार्टीबाट कारबाही गरेपछि सांसद पदबाट मुक्त गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरेका थिए ।

तर, सभामुख सापकोटाले कुनै कारबाही अघि नबढाएको र आयोगले पनि दलको मान्यता दिएपछि अध्यक्ष ओलीले सर्वोच्च अदालतमा मुद्वा दायर गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : १२ बजे