बारा । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ गरेको छ । २ कात्तिकमा कलैयाको बरगाछीबाट प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको २ सय २० सिसिको कालो रातो रंगको पल्सर मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्को मोटरसाइकलमा फिट गर्न लुकाएर खोलेर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो । पार्टसहरु खोलेर लुकाइछिपाई…