Logo

कोशी नाम खारेजीको माग गर्दै पाँचथरमा जसपा नेपालको जुलुस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नामकरण खारेजीको माग गर्दै  जुलुस निकालेको छ । कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजासहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरु जुलुसमा सहभागी भएका थिए ।…