वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभित्रका सरकारी अस्पतालको सेवा गुणस्तरीय नरहेको बताएका छन् । चिकित्सक दिवसको अवसर पारेर जनकपुरमा आयोजित मधेस स्वास्थ्य शिखर सम्मेलन–२०२४ को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो गुनासो गरेका हुन् । आफ्नो प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । तर राजनीतिकका कारणले…