Logo

मधेश प्रदेश

मधेश सरकारबाट एमाले पनि बाहिरिँदै



जनकपुरधाम । नेकपा एमालेले पनि मधेश सरकार छाड्ने भएको छ । आजै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन एकसाथ फिर्ता लिने तयारी गरेका छन् ।

एमाले केन्द्रीय नेतृत्वले पनि मधेश सरकार छाड्न प्रदेशस्तरीय दलका नेतालाई निर्देशन दिएको छ ।

केहीबेरमा मन्त्रीहरूले राजीनामा बुझाएर समर्थन फिर्ता लिने उनले बताए । माओवादीका मन्त्रीले पनि आजै राजीनामा दिएर समर्थन फिर्ताको तयारी गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : २९ बजे