लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज आफ्नो शपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। कांग्रेस लुम्बिनी संसदीय दलका नेता चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। आज उनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा बिहान साढे ११ बजे शपथ खाने कार्यक्रम छ। मुख्यमन्त्री चौधरीसँगै दुई…