Logo

बागमती प्रदेश

बागमती प्रदेशमा एकीकृत समाजवादीले पनि विश्वासको मत दिने



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अन्ततः बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा यसबारे सहमति भएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले आजै विश्वासको मत लिने कार्यसूची रहेको छ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशसभाका संसदीय दलका नेता कृष्णप्रसाद खनालले आफ्नो पार्टीले मुख्यमन्त्रीलाई मत दिने जानकारी दिए ।

कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका हुन् ।

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : २१ बजे