Logo

काठमाडौंका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन भएको छ । महानगरपालिकाको अनुगमन तथा मूल्यांकन कार्यविधि बमोजिम समिति गठन भएको हो । परियोजना अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकाले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो । कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्यांकन समिति व्यवस्था…