Logo

प्रदेश–१ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

विराटनगर । प्रदेश–१ को सभामुखमा नेकपा (माओवादी केन्द्र) का सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । गौतमको मात्र उमेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा जेष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । गौतम ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।…