Logo

रोगको प्रकोपले रित्तियो लामीडाँडाको सुन्तला बगान

खोटाङ । कुनैबेला खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा सुन्तला उत्पादनका लागि प्रख्यात थियो । हाँगो निहुराएर फल्ने सुन्तला लामीडाँडा विमानस्थलबाट काठमाडौं र विराटनगरसम्म पुग्थे । सुन्तला उत्पादनबाट लामीडाँडाका किसानले लोभलाग्दो आर्थिक उपार्जन गर्थे । लामीडाँडाको सयौं रोपनी जग्गामा लगाइएका सुन्तलाको हरियो झाङको दृश्य टाढा–टाढाबाट मनमोहक देखिन्थ्यो । किसानको मुख्य आय श्रोत तिनै रहरलाग्दो सुन्तला बगान थियो…