Logo

Breaking News 1

एकैदिन आज सुनको भाउ तोलामा २७ सयले घट्याे



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज एकैदिन सुनको भाउ तोलामा २७ सयले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार चाँदी प्रतितोला १६५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : ५७ बजे