Logo

Breaking News 1

दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्ब ८० करोडको कारोबार



काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ । कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ ।

बजार परिसूचक २५.९३ अंकले बढ्दै २००६.२८ विन्दुमा पुगेको छ । साताको पहिलो र दोस्रो दिनका तुलनामा कारोबार रकम बढेको छ । १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किबेच भएको छ । कारोबार रकम ४ अर्ब ८० करोड रुपैयाँ भएको छ ।

सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को विन्दुमा रहँदा ७३ लाख ४१ हजार १७७ कित्ता सेयर किनबेच भएर रकम २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ थियो ।

साताका पहिलो र दोस्रो दिन अस्वाभाविक रुपमा बढेको फाइनान्स उपसूचक मंगलबार भने १.१८ प्रतिशतले घटेको छ । गत आइतबार ३.९८ प्रतिशतले बढेको फाइनान्स उपसमूह सोमबार एक्लै ४.१७ प्रतिशतले बढेको थियो । आज १३ मध्ये फाइनान्सबाहेकका सबै उपसमूहको सेयरमूल्य बढ्दा परिसूचकसँगै कारोबार रकम बढेको हो ।

विकास बैंक उपसमूह सर्वाधिक ४.९० प्रतिशतले बढेको छ । होटल तथा पर्यटन २.५३, निर्जीवन बीमा २.३९, जलविद्युत १.६२ र लघुवित्त १.४१ प्रतिशतले बढेका छन् । २१५ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । २६ कम्पनीको घटेको छ भने ४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा दुई दिन लगातार पहिलो बनेको पोखरा फाइनान्स मंगलबार सेयरमूल्य घटे पनि धेरै कारोबार हुनेमा दोस्रो नम्बरमा परेको छ । पोखरा फाइनान्सको १७ करोडको सेयर किनबेच भएको छ ।

पहिलो नम्बरमा शाइन रेसुंगा विकास बैंक छ । उक्त बैंकको १८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै गोर्खाज फाइनान्सको १६ करोड २५ लाख, कामना सेवा विकास बैंकको १२ करोड ९५ लाख र नेपाल फाइनान्सको सेयर १२ करोड ६० लाखको किचबेच भएको छ ।

सेयरमूल्य बढेर सकारात्मक सर्किट लाग्नेमा कर्पोरेट विकास बैंक परेको छ । इन्फिनिटी लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढेको छ । ग्रीन डेभलपमेन्ट बैंक, बोटलर्स तराई, शाइन रेसुंगा बैंकको पनि सेयरमूल्य बढेको छ ।

सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष ५ कम्पनीमा पोखरा फाइनान्स, गराँस लघुवित्त, बोटलर्स बालाजु, गोर्खाज फाइनान्स र प्रोग्रेसिभ फाइनान्स छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : ३८ बजे