Logo

निर्वाचन विशेष

इलाम–२ उपनिर्वाचन : सुहाङकाे अग्रता कायमै



काठमाडौँ । प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३९ हजार ४२५ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ६६२ मतको फराकिलो अग्रता बनाएका छन् ।

नेम्वाङले १६ हजार २१९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार ८ हजार ८२५ मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ६४५ मत ल्याएर चौथो स्थान कायम गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ५ : ०६ बजे