Logo

निर्वाचन विशेष

इलाम–२ को उपनिर्वाचन : एमालेको अग्रता कायमै



काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १२ हजार ४०५ मत पाएका छन् ।

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७८८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७७६९ मत पाएका छन् । त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बुले १६ सय ३६ मत मात्र पाएका छन् ।

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : ०० बजे