Logo

निर्वाचन विशेष

बझाङमा एमालेले बढायो मतान्तर



कैलाली । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । तलकोटको सबै वडा गणना हुँदासम्म एमालेले ह्वात्तै अग्रता बढाएको छ । यसअघि ९ मतको फरकलाई बढाउँदै एमालेले ३४१ मतले लिड गरेको हो ।

अहिले एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार १०२ प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ०२ बजे