Logo

निर्वाचन विशेष

इलाममा नेकपा एमालेको अग्रता कायमै



इलाम । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २१ हजार ८१० मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका हुन् ।

सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : १५ बजे