Logo

निर्वाचन विशेष

बझाङमा कांग्रेसको अग्रता कायमै



बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २० हजार ८०४ मत गन्दा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ८४० मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार ५५७ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ९३५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १५१ मत ल्याएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ४२ बजे