Logo

निर्वाचन विशेष

बझाङमा एक घण्टा ढिलोगरी मतगणना सुरु



काठमाडौँ । बझाङ प्रदेशसभा (१) को मतगणना सुरु भएको छ । दिउँसो एक बजेबाट सुरु गर्ने भनिएको मतगणना २ बजेमात्र सुरु भएको हो ।

शनिबार सम्पन्न उपनिर्वाचनमा बझाङमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : २४ बजे