Logo

कर्पोरेट

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर, ऊर्जा मन्त्रीले गरे शुभारम्भ


१४ बैशाख २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेका हुन् ।

जापानीज कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा कोमात्सुको १४७ हर्सपावर क्षमताको आफ्नै इन्जिन रहेको छ । कोमात्सुका स्काभेटर ४ र ६ सिलिण्डर दुवैमा उपलब्ध छन् ।

यो स्काभेटरले अन्य स्काभेटरको तुलनमा कम इन्धन खपत गर्छ । यसको अघिल्लो संस्करण भन्दा यो संस्करणको मुल्य १० लाख रुपैयाँ कम रहेको नेपालका लागि कोमात्सु स्काभेटरको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालीका प्रबन्धक प्रदीप बरालले जानकारी दिए ।

हाइड्रो एक्स्पोमा सार्वजनिक गरिएको स्काभेटर एक्स्पो अवधिमै ३ वटा बुकिङ भइसकेको पनि बरालले जानकारी दिए ।

यसमा कोमट्र्याक्स जडान गरिएको हुन्छ । यो प्रविधिलाई सजिलैसँग मोबाइलमा लिंकअप गरेर घरमै बसी बसी सबै गतिविधिको अनुगमन गर्न सकिन्छ । यो स्काभेटरको मेन्टिनेन्स खर्च समेत निकै कम रहेको कम्पनीले बताएको छ ।

यो स्काभेटर जनरल कन्स्ट्रक्सन र हाइड्रोपावर निर्माणमा निकै उपयोगी हुने प्रबन्धक बरालले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ५ : ५१ बजे