Logo

मुख्य समाचार

देशको इतिहास लेख्न हिंडेको व्यक्ति हुँ, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन : रवि लामिछाने



इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन् ।

इलाम २ को उपनिर्वाचनमा सहगागिता जनाउँदै उनले आफूले बेइमानहरुसँग कहिल्यैपनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने प्रष्ट पाारे ।

तर, आफूले इमानदारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने प्रतिबद्धता जनाए । उनले भने,‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन् ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,’ उनले अगाडि भने,‘आजको पत्रिकाको हेडलाइनको चिन्ता होईन, भोलिको भविष्यको चिन्ता छ । तपाईंहरुले पत्रिकाको हेडलाईनको चिन्ता नलिनुहोस ।’

उनले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाए । उनले आफ्नो नेतृत्वमा देशमा चितवनबाट निलो क्रान्ति गरेको बताए । चुनावी अभियानका क्रममा उनले आफ्नो पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुलाई विजयी गराउन अनुरोध गरे ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ४ : २९ बजे