Logo

अर्थ

उद्योगी व्यवसायीहरु एमालेको पहिलो प्राथमिकतामा : ढकाल



काठमाडौं । नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकालले पार्टीले उद्योगी व्यवसायीहरुलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघको पाँचौं केन्द्रीय कमिटि विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री ढकालले एमालेले उद्योगी व्यवसायीहरुलाई ‘क’ श्रेणीमा राखेको बताएका हुन् ।

उनले भने, ‘हामी उद्योग तथा व्यवसायी महासंघलाई अनुसूची १ मा नै राख्यौं । त्यसो गर्दा २९९ सम्म केन्द्रीय कमिटि बन्ने खालको वैधानिक व्यवस्था पनि भयो । अहिले जिल्ला र प्रदेशहरुको अधिवेशनमा प्रतिनिधित्व गर्ने सन्दर्भमा पनि अनुसूची १ का लाई प्राथमिकतामा राख्ने भनेपछि कँही पाँच मध्ये तीन कँही तीनमध्ये एक प्रतिनिधि यही क्षेत्रबाट समावेश गरिएका छन् । यसकारण सबै साथिहरुले स्मरण गर्न आवश्यक छ कि पार्टीले तपाइहरुलाई उच्च प्राथमिकतामा नै राखेको छ ।’

नेकपा एमाले निकट २३ वटा जनसंगठनमध्ये ९ वटा महासंघको अवधारणामा रहेको उल्लेख गर्दै ढकाललले सबै जन संगठनहरुमा कसरी एक रुपता ल्याउने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए  । 

पार्टीमा आवद्ध रहेका द्धटकहरुका आधारमा पार्टीको आउँदो अधिवेशनमा प्रतिनधित्व गठराउन सके सम्मेलन समेत सहज र कम खर्चमै समापन गर्न सकिने उनको भनाइ थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १ : ४९ बजे