Logo

अर्थ

एभरेष्ट बैंक कमायाे दुई अर्ब ६० करोड ८४ लाख रुपैयाँ नाफा



काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो चैमाससम्म दुई अर्ब ६० करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आज अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गर्दै दुई अर्ब ६० करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएकाे हाे ।

यो नाफा गत वार्षको सोही अवधिको तुलनामा ५.७७ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्म बैंकले दुई अर्ब ४६ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले पाँच अर्ब ६३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले पाँच अर्ब ५८ करोड ७२ लााख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तससम्म बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ३६ करोड ३३ लाख रुपैयाँ छ । बैंकले चैत मसान्तसम्म दुई खर्ब १४ अर्ब ५७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७८ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १० : ४२ बजे