Logo

अर्थ

ग्लोबल आइएमई बैंककाे नाफा तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ



काठमाडौं । ग्लोबल आइएमई बैंकले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । बैंकले आज चालु आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे हाे ।

चालु आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्ममा बैंककाे नाफा २४.१३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा घटेको हो ।

बैंकले तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले चार अर्ब ३५ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

विवरणअनुसार चैत मसान्तसम्म बैंकले १३ अर्ब दुई करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले चैत मसान्तसम्म तीन खर्ब ६६ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ । चार खर्ब ५९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकले चैत मसान्तसम्म चार अर्ब ७१ करोड ४३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १० : ०४ बजे