Logo

खेलकुद

भोलिदेखि पोलिसी एडको अन्तरबीमा फुट्सल हुने, १२ समूहको सहभागिता



काठमाडौं । पोलिसी एड प्रालिले “अन्तर इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८१”आयोजना गरेको छ । संस्थाले विभिन्न १२ वटा बीमा कम्पनीको सहकार्यमा उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो ।

फुटसल प्रतियोगिता यही बैंशाख ७ र ८ गते काठमाडौंको ज्ञानेश्वरमा रहेको प्राइम फुट्सलमा सञ्चालन हुने भएको छ । उक्त टुर्नामेन्टमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले भाग लिएका छन् ।

सबै बीमा कम्पनीहरुमा आपसी सम्बध प्रगाढ होस् भन्ने उद्देश्यका साथ टुर्नामेन्ट आयोजना गरिएको पोलिसी एडका सीईओ ईश्वर विकास श्रेष्ठले बताउनु भयो ।

“हामिले फुट्सल टुर्नामेन्ट आयोजना गरी बीमा क्षेत्रका कर्मचारी, अभिकर्ता लगायतको सम्बन्ध समधुर बनाउन सहयोग गर्ने छौ”पोलिसी एडका सीईओ श्रेष्ठले बताए ।

फुटसल टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, युनाइटेड अजोड इन्स्योरेन्स, सूर्यज्योति लाइफ, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ, सिटिजन लाइफ, नेपाल ईन्स्योरेन्स कम्पनी,नेपाल माईक्रो ईन्स्योरेन्स, जीवन बीमा कम्पनी र सालिको लगायतका कम्पनीहरुको फुटसल टिमले सहभागि जनाएका छन ।

खेलकुद स्वास्थ्यको लागि एकदम आवश्यक रहेको छ । उक्त आयोजनाले समग्र बीमा क्षेत्रमा योगदान पुर्याउने मानिसहरुलाई थप हौसल मिल्ने पोलिसी एडले विश्वास लिएको छ ।

टुर्नामेन्टको उपाधि जित्ने समुहले कप, मेडल र प्रमाणपत्र पाउने छन । खेलमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट प्लेयर’को पुरस्कारकको समेत व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ८ : ०२ बजे