काठमाडौं । अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो खेलमा न्यूजिल्यान्ड ‘ए’ विरुद्ध खेल्दैछ ।
डार्विनको मरारामा भइरहेको खेलमा नेपालले ‘टस’ जितेर ‘ब्याटिङ’ रोजेको छ । नेपाल अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ ।
नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको थियो । नेपालले तास्मिनियाविरुद्ध दुई विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो ।
आजको खेलमा नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ–११ मा मौका दिएको छ । चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल न्युजिल्यान्डविरुद्ध पनि प्लेइङ–११ बाहिर छन् ।








प्रतिक्रिया