Logo

अर्थ

बैंकिङ प्रणालीबाट एकै दिनमा ५ अर्ब निक्षेप बाहिरियो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट एकै दिनमा ५ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले एक दिनमा ५ अर्ब निक्षेप बैकिङ प्रणालीबाट बाहिरिएको जनाएको छ । ६१ खर्ब ४३ अर्ब निक्षेप रहेकोमा एकै दिनमा घटेर ६१ खर्ब ३८ अर्ब रुपैयाँ कायम भएको छ ।

ऋण प्रवाह पनि एकैदिनमा ५ अर्ब रुपैयाँले घटेको छ । ५१ खर्ब १२ अर्ब रुपैयाँ ऋण प्रवाह भएकोमा उकदिनमा घटेर ५१ खर्ब ९ अर्ब कायम भएको केन्द्रिय बैंकले जनाएको छ ।

योसँगै अन्तरबैंक कारोबार पनि ३ प्रतिशत तल झरेको छ । कुल निक्षेपमा बाणिज्य बैंकहरुको हिस्सा ५४ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तिय संस्थाको ७ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । सिडि रेसियो ८० प्रतिशत छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ५ : ०३ बजे