Logo

मुख्य समाचार

सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्दा ११ जना पक्राउ



काठमाडौँ । सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गर्दा बुधवार ११ जना पक्राउ परेका छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आफन्तहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप परेको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।

सो क्रममा विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ११ : ११ बजे