Logo

मुख्य समाचार

एक दिन यो मुलुकमा हामी रामराज्य दिन्छौं : सांसद जबरा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकलाई हिन्दु बनाउन आफूहरु लागिरहेको बताएका छन् ।

विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले एक दिन मुलुक हिन्दु हुने विश्वास व्यक्त गर्दै सके आफूहरुले रामराज्य पनि दिने बताए ।

उनले भने, ‘हामी यो मुलुकलाई हिन्दु बनाउन कस्सिएका छौं । एक दिन यो मुलुक हिन्दु हुन्छ । सके रामराज्य पनि हामी दिन्छौं ।’

हिन्दु धर्म अत्यन्तै सहिष्णु र परम्परागत भएकाले यसको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए । ‘हिन्दु धर्म यस्तो हो जसले मान्छेलाई धर्म परिवर्तन गर्नुपर्छ भन्दैन, यो वैदिक परम्परादेखि चलेको धर्म हो,’ उनले भने ।

जसरी रामले राज्य गर्दा सबैको जय हुने राज्य थियो, त्यसैगरि नेपाललाई राम राज्य बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ५ : ०० बजे