Logo

मुख्य समाचार

देशको प्राकृतिक श्रोत आर्थिक बिकासमा जोड्न सुझाव



काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न आवश्यक रहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित हरित हाइड्रोजन संवाद गो ग्रीन कार्यक्रममा उनले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न सकेमा आर्थिक विकास र समृद्धिको सपना हासिल गर्न सकिने बताए ।

उनले भने,‘ हाम्रो देश जलश्रोतको धनी देश भनिरहेको छौं । हाम्रो प्राकृतिक श्रोतहरुको जुन उपलब्धता छ । यो उपलब्धताको दृष्टिबाट हेर्दा यी श्रोतहरुलाई हाम्रो आर्थिक विकासको यो अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गर्नका लागि र हाम्रो आर्थिक विकास र समृद्धिको सपना र आकांक्षालाई यथोचित ढङ्गले हासिल गरेर अगाडि बढ्न सकिन्छ ।’

मन्त्री बस्नेतले आज पनि देशमा पेट्रोलियम पदार्थ आयात गर्ने र भएका प्राकृतिक श्रोतहरुको समेत उपयोग गर्न नसकिनु दुखद कुरा भएको गुनासो गरे । आफूसँग उपलब्ध भएको श्रोतहरुको सही ढङ्गले उपयोग गर्न नसक्ने देशमा समृद्धिको यात्रामा प्रभाव पर्ने उनको भनाई छ ।

उनले भने, ‘आजको दिनमा पनि हामी पेट्रोलियम पदार्थ आयात गरिरहेका छौं । हामीसँग भएका प्राकृतिक श्रोतहरु जे छन् त्यसको उपयोग गर्न सकिरहेको छैनौं । जुन देशले आफूसँग उपलब्ध भएको श्रोतहरुको सहि ढङ्गले उपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा कहिँ न कहिँ प्रभाव र असर परिराखेकै हुन्छ ।’

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १ : २१ बजे