Logo

मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री दाहालले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।

वार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा छलफल भएको थियो ।  वर्तमान समीकरण र सुदूरपश्चिमको समस्या समाधानका विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : १२ बजे