Logo

Breaking News 1

सुनको भाउमा नयाँ रेकर्ड, एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन र चाँदीकै मूल्य बढेर कारोबार भइरहेकाे छ । आज छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेर कारोबार भइरहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि एक लाख ३९ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको छ । सोमबारको तुलनामा चाँदी ३५ रुपैयाँ बढेर कारोबार भएको हो । सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा करोबार भएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ११ : ०७ बजे