Logo

कर्पोरेट

वैशाखका लागि वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर


३० चैत्र २०८०, शुक्रबार  

138
Shares

काठमाडौँ । वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि महिनाको अन्तिम दिन (मसान्त) मा नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन अनुसार बैंकहरुले वैशाखका लागि चैत ३० गते नै निक्षेपको नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् ।

सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकहरुले चैतको तुलनामा वैशाखका लागि ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ वटाले स्थिर र दुईवटाले केही वृद्धि गरेका छन् ।

नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, एसबीआई बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकले वैशाखका लागि ब्याजदर घटाएका छन् ।

चैत महिनाका लागि औसत ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेका बैंकहरुले वैशाखका लागि ०.१९ प्रतिशत विन्दुले ब्याजदर घटाउँदै ७.०६ प्रतिशत कायम गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : ५७ बजे