Logo

मुख्य समाचार

सञ्जय दत्तलाई डाँकाले काखमा राखेपछि…



मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त केही न केही कुराका कारण चर्चामा आइरहन्छन् । कुनै समय उनी विवादमा आइरहन्थे । यिनै विवाद र चर्चामा आइरहने सञ्जय एक समय अपहरणबाट जोगिएका थिए ।

सन् १९६० को दशकमा सञ्जय पिता सुनीलको फिल्म ‘मुझे जिने दो’को सुटिङ सेटमा थिए । केही महिना अघि कपिल शर्माको शोमा आएका सञ्जयले आफूलाई डाँकाले अपहरणको कोशिस गरेको खुलासा गरेका थिए ।

सञ्जयका अनुसार त्यो बेला रुपा डाँकुको आतंक थियो । तिनै डाँकु फिल्मको सेटमा पुगेका थिए । ‘म त्यो समय बच्चा नै थिएँ । मेरो बुवा ‘जिने दो’को सुटिङ गरिरहनुभएको थियो । उनीहरु आएर र मलाई काखमा बसाए । उनीहरुले मेरो बुवालाई ‘फिल्म बनाउन कति पैसा खर्च भयो ?’ भनी सोधे । बुवाले उनीहरुलाई ‘१५ लाख’ जवाफ दिनुभयो’, सञ्जयले भनेका छन् ।

सञ्जयका अनुसार डाँकाले सुनीललाई धम्क्याएका पनि थिए । ‘उनीहरुले मलाई काखमा राखेर बुवालाई ‘यदि हामीले यो बच्चालाई अपहरण गर्यौं भने तपाईं कति पैसा दिनुहुन्छ ?’ भनी सोधेका थिए । यो कुरा सुन्नासाथ बुवा डराउनुभयो र तत्कालै सुटिङ रद्द गरेर आमा र मलाई मुम्बई पठाउनुभयो’, सञ्जयले भनेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : ३२ बजे