Logo

कोशी

सुनसरीको भुटाहामा झडप नियन्त्रण गर्न प्रहरीले चलायो गोली


२३ चैत्र २०८०, शुक्रबार  

46
Shares

विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ ।

सुनसरी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत केशव खतिवडाले कफ्र्यु (निषेधाज्ञा) उल्लंघन भएपछि अश्रुग्याँस र हवाई फायर गरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेलाजम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न र नगराउन उल्लेख छ ।

सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबीच बढेको विवादले उग्र रुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ३ : ०७ बजे