Logo

मुख्य समाचार

राजनीतिक स्थिरताको लागि समाजवादी मोर्चा आवश्यक : महासचिव विप्लव



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकलाई अस्थिरताबाट स्थिरता तिर ढाल्न समाजवादी मोर्चाको आवश्यकता भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले मुलुकमा देखिएको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्र सम्भव रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले धेरै उपलब्धी हाँसिल गरेका छौं । यो कुरा साचो हो । तर पूर्ण भइसकेको छैन । तर यसका लागि मानवजाती लडिरहेको छ । आफ्नो अधिकारका लागि कोही पनि चुप लागेर बस्न मिल्दैन । बसेको छैन । यस अवस्थामा समाजवादी र कम्युनिष्टहरुको कुन धारा र विचार बोकेर अघि बढ्ने भन्ने कुरा स्पष्ट हुन आवश्यक छ ।’

नेपालमा उत्पन्न भएको संकटबाट निराशा मात्र होईन सम्भावना समेत देखिएको भन्दै चन्दले दलाल पूँजीवादले राजनीतिको आडमा कब्जा गरेको अर्थतन्त्रको सुधारका लागि कम्युनिष्ट एकताको आवश्यकता परेको औल्याए । उनले भने, ‘अहिले बजारमा समाजवादी मोर्चाले अस्थिरता ल्याउछ कि भन्ने बहस समेत भइरहको सुनिन्छ । तर त्यो कुरा साचो होइन । म त के देख्छु भने आज जत्तिको स्वतन्त्र समाज कहिले भएको थिएन ।’

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  २ : २७ बजे