Logo

मनोरञ्जन

‘रुखान’मा आर्यन र नीतिको रोमान्स हेर्न पाइने



काठमाडौं । निर्देशक सबिर श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रुखान’मा प्रमुख नायकका रुपमा अभिनेता आर्यन अधिकारी भित्रिएका छन् । फिल्ममा उनले अभिनेत्री नीति शाहसँग रोमान्स गर्नेछन् ।

निर्देशक सबिरले आर्यन कथामा सुहाउने भएपछि भित्र्याइएको बताए । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुनेछ । निर्देशक सबिरले फिल्मले सिंगो देशका नागरिकले विभिन्न समस्यासँग कसरी जुधेर संघर्ष गरिरहेका छन् भन्ने कथा देखाइने बताए । ‘फिल्मले मुख्यतया महिला संघर्षको कथा भन्नेछ’, उनले भने ।

फिल्ममा कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङ निर्माता र अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन् । डाक्टर रुपक घिमिरेको कथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।

फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ३ : २३ बजे